हातहतियार बुझाउन प्रशासन कार्यालय गोरखाको निर्देशन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हातहतियार बुझाउन प्रशासन कार्यालय गोरखाको निर्देशन


१५ आश्विन २०७९, शनिबार


गोरखा । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय गोरखाले निर्देशन दिएको छ ।

शुक्रबार सर्वजनिक सूचना जारी गर्दै प्रशासनले कात्तिक ५ गतेभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

उनले भने, ‘जिल्ला भित्रका सम्पूर्ण हातहतियार धनीहरुलाई नजिकको प्रहरी इकाइमा लगत राखी निर्वाचन पश्चात फिर्ता हुने गरी बुझाउन भनेका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस