हैजाको विश्वव्यापी वृद्धि चिन्ताजनक छ : डब्लुएचओ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हैजाको विश्वव्यापी वृद्धि चिन्ताजनक छ : डब्लुएचओ


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले वर्षौंदेखिको गिरावटपछि विश्वमा हैजाको वृद्धि ‘चिन्ताजनक’ भइरहेको शुक्रबार चेतावनी दिएको छ । सन् २०१७ देखि २०२१ को बीचमा हरेक वर्ष २० भन्दा कम देशमा हैजाको प्रकोप देखिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

डब्लूएचओको हैजा र महामारी झाडापखालासम्बन्धी टोलीका प्रमुख फिलिप बारबोजाले जेनेभामा भने, “वर्षौंदेखि घट्दो सङ्ख्यापछि हामीले विगत एक वर्षमा विश्वभरि हैजाको प्रकोपको चिन्ताजनक वृद्धि देखिरहेका छौँ ।”

उनका अनुसार सन् २०२१ मा औसत मृत्युदर अघिल्लो पाँच वर्षको तुलनामा झण्डै तीन गुणाले बढेको छ ।  बारबोजाका अनुसार गरिबी र द्वन्द्वजस्ता हैजाका लागि जिम्मेवार मानिने परम्परागत प्रभावहरूसँगै जलवायु परिवर्तन पनि यस समस्याको एक हिस्सा हो ।

प्रभावित देशहरूले तथ्याङ्क प्रस्तुत नगर्ने गरेका कारण डब्लूएचओसँग हैजाका कारण हुने मृत्युको सङ्ख्याको एकिन आँकडा छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस