टेनिस टोली थाइल्यान्ड जाँदै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

टेनिस टोली थाइल्यान्ड जाँदै


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । आईटीएफ एसिया यु-१४ डेभलपमेन्ट च्याम्पियनसिपअन्तर्गत डिभिजन १ को फाइनलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार थाइल्याण्डको बैंकक प्रस्थान गर्ने भएको छ । 

टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल टेनिस सङ्घका उपाध्यक्ष केशवराज पाण्डेले सातदोटोस्थित टेनिस कम्प्लेक्समा शुक्रबार बिदाइ गरेका छन् ।

अक्टोबर ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा समान २-२ ब्वाइजरगर्ल्स गरी ४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ब्वाइजमा राजवीर प्रधान र दर्शिल श्रेष्ठ तथा गर्ल्समा मा प्रशंसा मोक्तान र आध्य पौड्याल रहेका छन् । प्रशिक्षकमा राजकुमार लामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस