लुम्बिनी प्रदेश प्रमुखले कर्णाली प्रदेश प्रमुखको कार्यभार पनि सम्हाल्ने  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी प्रदेश प्रमुखले कर्णाली प्रदेश प्रमुखको कार्यभार पनि सम्हाल्ने 


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले कर्णाली प्रदेश प्रमुखको कार्यभार पनि सम्हाल्ने भएका छन् । 

कर्णाली प्रदेशका प्रमुख तिलक परियार क्यानडाको ओटावामा हुने कार्यक्रममा भाग लिन जान लागेकाले शेरचनले उनको अनुपस्थितिमा कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने जिम्मेवारी पाएका हुन् ।

परियार असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा सहभागी हुन जापान जान लागेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जिम्मेवारी तोकेकी हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस