रुसी आक्रमणमा २३ युक्रेनी नागरिकको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रुसी आक्रमणमा २३ युक्रेनी नागरिकको मृत्यु


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । युक्रेनले शुक्रबार मस्कोलाई दक्षिणी जापोरिज्जिया क्षेत्रमा नागरिक कारहरूमा गोली हानेको आरोप लगाएको छ ।

यसमा परी कम्तीमा २३ सर्वसाधारणको ज्यान गएको बताइएको छ । यस आक्रमणमा परी २८ सर्वसाधारण घाइते भएका जापोरिज्जिया क्षेत्रीय गभर्नर ओलेक्जेन्डर स्टारुखले बताएका छन् । 

जापोरिज्जिया रुसी कब्जामा रहेको क्षेत्रका क्रेमलिन समर्थक अधिकारीले किभलाई दोष दिए र आक्रमणको पछाडि रुसी सेनाको हात रहेको अस्वीकार गरेका छन् ।

जापोरिज्जियाका गभर्नरले भने कि रुसी सेनाले ‘क्षेत्रीय केन्द्रबाट बाहिर निस्कने बाटोमा नागरिकहरूमाथि रकेट आक्रमण गरे’। ‘मानिसहरू अस्थायी रूपमा कब्जा गरिएको इलाका छोड्न, आफ्ना आफन्तहरूलाई लिन र सहयोग लिन लाइनमा उभिरहेका थिए,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस