केन्द्रमा १७ सिट पाएको नेकपा एकीकृत समाजवादीलाई प्रदेशमा कति ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

केन्द्रमा १७ सिट पाएको नेकपा एकीकृत समाजवादीलाई प्रदेशमा कति ?


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभाको सिट भागबण्डा मिलाउने क्रम अन्तिम अवस्थामा पुगेको छ । केही दिनयता बालुवाटारमा गठबन्धनका शीर्ष नेतासहित कार्यदल सदस्यहरू बसेर भइरहेको सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादीको भागमा १७ सिट परेको छ । यद्यपि त्यसमा केही सिट थपिनेमा सो पार्टीका नेताहरू अझै आशावादी छन् ।  

सिट बाँडफाँटमा भएको छलफलमा कम्तिमा २५ सिट पाउनुपर्ने समाजवादीका नेताहरूको अडान रहँदै आएकोमा २२ सिटमा सहमति गर्ने मनस्थिति बनाए पनि अहिलेसम्मको स्थितिमा १७ सिट भन्दा नपरेको गठबन्धनका नेताहरूको भनाइ छ । 

नेता तुलाधरले प्रतिनिधिसभामा १७ भन्दा बढी सिट आफ्नो पार्टीको भागमा नपरे प्रदेशसभामा त्यसको परिपूर्ति हुने गरी बाँडफाँट गर्नुपर्ने बताए । 

यसैबीच गठबन्धनमा सिट बाँडफाँटका क्रममा समाजवादीले दाबी गरेका दोलखा, उदयपुर र बैतडीका निर्वाचन क्षेत्रमा नपाएपछि ती जिल्लाका नेताहरूमा असन्तुष्टि बढेको छ । असन्तुष्ट नेता कार्यकर्ताको चित्त बुझाउन केन्द्रीय नेतृत्वलाई समस्या भएको बताइएको छ । गठबन्धनमा प्रतिनिधिसभातर्फका केही सिट बाहेक अधिकांश टुङ्ग्याएर प्रदेश तर्फको बाँडफाँटको गृहकार्य भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस