प्रशासकीय अधिकृत पौडेललाई एमाले नेता राईले दिए ज्यान मार्ने धम्की « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रशासकीय अधिकृत पौडेललाई एमाले नेता राईले दिए ज्यान मार्ने धम्की


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका नेता राजेन्द्र राईले धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएका छन् । प्रतिनिधिसभाका निवर्तमान सांसद समेत रहेका राईले बिहीबार अपराह्न पौडेललाई फोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन् ।

पौडेलले प्रशासनलाई बताए अनुसार एक्कासि फोन नगरेर धम्की दिएको हो । उनले भने ‘एक्कासि ४ बजेर ५२ मिनेट तिर फोन गर्नु भयो, अनि धम्काउन थाल्नु भयो, मैले के गरे भन्दा पनि उहाँले बताउनुभएन,’ उनले भने ।

आफूहरूलाई हेप्ने गरेको लगायत बोल्दै राईले पौडेलको अस्तित्व समाप्त पारिदिने धम्की दिएको अडियोमा समेत सुन्न सकिन्छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्रै पौडेलले पनि बचाउन नसक्ने पौडेलले बनेका छन् ।

यता ज्यान मार्ने धम्की दिएको आरोप लागेका वर्तमान सांसद राईले भने अधिकृत पौडेलले काममा जालझेल गरी सेवाग्राहीलाई दुःख दिने गरेकाले सम्झाएको बताए । ‘पटक(पटक सम्झाउँदा पनि नमान्ने, जनतालाई दुःख लिने, सेवा ग्राहीसँग घुस लिन खोज्ने गर्छन् म त्यो ठाउँको प्रतिनिधि हो कसरी सहेर बस्न सक्छु,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस