पोखरेलको दाबी-दुई ध्रुवीय राजनीतिमा देश बनाउने ध्रुवको नेतृत्व एमालेले गर्छ ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पोखरेलको दाबी-दुई ध्रुवीय राजनीतिमा देश बनाउने ध्रुवको नेतृत्व एमालेले गर्छ !


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको बताएका छन् । 

शुक्रबार दसैँका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिको एउटा ध्रुव एमाले र अर्को ध्रुव गठबन्धनले नेतृत्व गरेको बताए । देश बनाउने सपनाको नेतृत्व एमालेले गरेको उनको दाबी छ । 

आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जनताले मतदान गरेर राम्रो पार्टी र नेताहरूलाई जिताउन पोखरेलले आग्रह गरे । उनले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताए । 

गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै उनले आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी निर्वाचनबाट एमालेले जित निकाले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सक्ने दाबी गरे । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको न्यायालय, कार्यपालिका, देशका अन्य अङ्गहरू चल्नै नसक्ने अवस्थामा रहेको बताए । कुनै पनि नेता र पार्टीका बारेमा सोलोडोलो निष्कर्षमा नपुग्न पनि नेता/कार्यकर्तालाई उनको सुझाव छ । 

Tags :
प्रतिक्रिया दिनुहोस