प्रहरीलाई ४० ब्रेथलाइजर हस्तान्तरण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रहरीलाई ४० ब्रेथलाइजर हस्तान्तरण


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ ।  विश्व स्वास्थ्य सङ्गठन नेपाल शाखा र नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयुक्त सहयोगमा आज नेपाल प्रहरीलाई  ४० थान ब्रेथलाइजर हस्तान्तरण गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज बिहान आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दास र विश्व स्वास्थ्य सङ्गठन नेपाल शाखाका प्रतिनिधि डा.एलिसनले संयुक्त रूपमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका निमित्त प्रमुख, प्रहरी नायव महानिरीक्षक वसन्त बहादुर कुँवरलाई ब्रेथलाइजर हस्तान्तरण गरेका हुन्।

दसैँ तिहार छठ लगायतका ठुला पर्वहरूमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकलाई ध्यानमा राखी दुर्घटना न्यूनीकरण गर्न ४० थान ब्रेथलाइजर र ब्रेथलाइजरमा प्रयोग हुने आवश्यक उपकरण २४ हजार थान सामाग्री हस्तान्तरण गरिएको हो । सवारी साधनको बढी भिडभाड हुने स्थानमा रहेका ट्राफिक प्रहरी कार्यालयमा ब्रेथलाइजर वितरण गरिने प्रहरी नायव महानिरीक्षक वसन्त बहादुर कुँवरले बताए।

चालकले मादक पदार्थ सेवन गरे/नगरेको परीक्षण गरी सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि, ब्रेथलाइजरको मुख्य भूमिका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस