यी हुन् दसैँ बिदामा खुला रहने इन्धन डिपो (सूचीसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

यी हुन् दसैँ बिदामा खुला रहने इन्धन डिपो (सूचीसहित)


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेपाल आयल निगमले दसैँको सार्वजनिक बिदामा १३ वटा डिपोबाट इन्धन वितरण गर्ने तालिका मिलाएको छ ।

दसैँ बिदामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन समय तालिका मिलाएर निगमले डिपोहरू खुला राख्न लागेको जनाएको छ ।

प्रादेशिक डिपोहरू सञ्चालन हुँदा आवश्यकताका आधारमा पेट्रोल पम्पहरूले इन्धन खरिद गरेर उपभोक्तालाई बिक्री गर्न सक्छन् । निगमको प्रदेश एक डिपो विराटनगर र मधेस प्रादेशिक कार्यालय आलेखगञ्जले १६, २० र २१ असोजमा  इन्धन बिक्री गर्ने छ ।

निगमको बागमती प्रादेशिक कार्यालय थानकोट, गण्डकी कार्यालय पोखरा र लुम्बिनी प्रादेशिक कार्यालयले १५, १६, १८ र २१ असोज इन्धन बिक्री गर्ने छ ।

कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले १६ र २१ असोजमा  र सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले १६, १७ र २१ असोजमा इन्धन बिक्री गर्नेछ । यस्तै शाखा कार्यालयहरू चारआली १६ र २१ असोजमा, धनुषाले १६ र २० असोजमा, वीरगञ्जले १६, २० र २१ असोजमा, नेपालगञ्ज र दाङ शाखा कार्यालयले १६ र २१ असोजमा र दिपायलले १६, २० र २१ असोजमा इन्धन बिक्री गर्नेछन् ।

इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए सम्पर्क गर्न भन्दै निगमले डिपो र शाखाका अधिकारीहरूको सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस