संरचना बदलेर मात्र नौलो नेपाल भइहाल्दो रहेनछ : पूर्वराजा शाह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संरचना बदलेर मात्र नौलो नेपाल भइहाल्दो रहेनछ : पूर्वराजा शाह


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले संरचना बदलेर मात्रै नौलो नेपाल निर्माण नभएको बताएका छन् । दसैंको अवसरमा शुक्रबार भिडियोमार्फत शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले संरचना बदलेर र केही नामान्तर गरेर मात्र नौलो नेपाल नभएको बताएका हुन् ।

‘स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्न हुन्न भन्ने आमभावना रहेको छ । आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर केही संरचना बदलेर, केही नामान्तर गरेर सुन्दर, नौलो नेपाल भइहाल्दो रहेनछ‚’ उनले भनेका छन्‚ ‘बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्यचेतना आउनु आवश्यक छ । नेपाली निरन्तर देशी-विदेशीहरूको क्रिडास्थल भयो भन्ने पनि जनगुनासो रहेको छ ।’

भ्रष्टाचारले गर्दा समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको भन्दै सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको बताएका हुन् । ‘मौलिक धार्मिक सांस्कृतिक मान्यताहरू विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ । परराष्ट्र नीति असन्तुलित भइदिँदा राष्ट्रहीत र सुरक्षा संकटग्रस्त बन्दै गइरहेको छ ।

व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको छस सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ‚’ उनले भनेका छन् ।

राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरु र नेपाली एकता रक्षाका लागि एकजुट हुँदै अभिभावकीय रक्षा व्यवस्थाको रक्षामा समर्पित रहने देशभक्ति नेपालीको चाहना परिपूर्ति गर्न नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन् भन्ने कामना पनि उनले गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस