सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार २ सय रुपैयाँले सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १२ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप दुई सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले नै बढ्दै ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस