१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा फोहोर फाल्ने ठाउँ खोज्दै काठमाडौँ महानगरपालिका

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुहिने फोहर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्याउँदा पटक-पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरूपमा फोहरको दीर्घकालिन समाधानका लागि स्थान पहिचानको काममा लागेको कामपाले जनाएको छ ।

बञ्चरेडाँडामा हानीकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अध्ययास सुरु गरेको हो । कामपा प्रमुखको सचिवालयका सदस्य सुनिल लम्सालले भने, ‘उपत्यकामा तीन स्थानको पहिचान भएको छ । बीचमा केही अवरोध नआए आगामी मङ्सिरदेखि उक्त कामको थालनी हुने छ । त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयसँग छलफल भइरहेको छ ।’

फोहर व्यवस्थापन गर्न एउटा ठाउँमा कम्तीमा करिब ५० रोपनी जग्गा आवश्यक पर्ने छ । हाल कामपा र अन्य १७ स्थानीय तहसहित उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ । यो नै उपयुक्त विकल्प नभएकाले कुहिने फोहरलाई उपत्यकामा नै र नकुहिनेलाई अन्तिम व्यवस्थापनका लागि उक्त स्थानमा लैजान कामपाले स्थान पहिचान गरिरहेको छ ।

अन्य सम्भावित स्थानको पहिचान गर्ने कार्य जारी छ । हालसम्म उपलब्ध भएका जग्गा ५० रोपनीदेखि एक सय ५० रोपनीसम्म छ । यसअघि विगत १६ वर्षदेखि उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस