एलिजाबेथको मृत्युको कारण ‘बुढो उमेर’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एलिजाबेथको मृत्युको कारण ‘बुढो उमेर’


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । स्कटल्याण्डको राष्ट्रिय रेकर्डद्वारा जारी गरिएको मृत्यु प्रमाणपत्रमा महारानी एलिजाबेथ द्वितीयको मृत्यु ‘बुढ्यौली’ का कारण भएको बताइएको छ ।

प्रमाणपत्रमा महारानी एलिजावेथको सेप्टेम्बर ८ तारिखका दिन ३ बजेर १० मिनेट जाँदा बालमोरल क्यासलमा ९६ वर्षको उमेरमा मृत्यु भएको उल्लेख गरिएको हो।

राजकुमारी एनीलाई रानीको मृत्युको बारेमा जानकारी प्रदान गर्ने व्यक्तिको रूपमा प्रमाणपत्रमा रेकर्ड गरिएको छ। बालमोरलमा मृत्यु प्रमाणित गर्ने एबरडीनशायर डाक्टर डग्लस ग्लास थिए, जसलाई बकिंघम प्यालेसले ‘रानीको अपोथेकेरी भनेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस