अमेरिकी नागरिकलाई तत्काल रुस छोड्न आग्रह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अमेरिकी नागरिकलाई तत्काल रुस छोड्न आग्रह


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन युद्ध तीव्र पार्ने अभिव्यक्तिसँगै मस्कोस्थित अमेरिकी दूतावासले रुसमा बसोबास गरिरहेका अमेरिकी नागरिकहरूलाई तत्काल रुस छोड्न आग्रह गरेको छ । 

दूतावासले सुरक्षा सतर्कता जारी गर्दै भनेको छ, “अमेरिकी नागरिकहरूले रुस भ्रमण गर्नु हुँदैन र सीमित व्यावसायिक भ्रमण विकल्प बाँकी रहेकाले तत्कालै रुसमा बसोबास गर्दै आएका अमेरिकीहरूले तत्कालै रुस छोड्नु बेस हुनेछ ।”

२१ सेप्टेम्बरमा पुटिनले युक्रेनमा रुसी फौजको आक्रमण बढाइने घोषणा गरेयता अमेरिकी दूतावासले यो कदम चलेको हो । 

त्यही समय पुटिनले आणविक हमलाको पनि सङ्केत दिनुका साथै मुलुकको जगेडा फौजको आंशिक परिचालन गर्ने घोषणा समेत गरेका थिए । पुटिनको यस घोषणापछि युद्धभूमिमा जानुपर्ने भयका कारण हजारौँ रुसी युवा मुलुक छाडेर भागिसकेका छन् । 

दूतावासले अमेरिकी नागरिकहरूलाई यथासंभव छिटो रुस छाड्ने चाँजोपाँजो आफैँले मिलाउन पनि निर्देश दिएको छ । 

दूतावासको उक्त सुरक्षा सतर्कता सूचनामा रुसी प्रशासनले ती नागरिकहरूको दोहरो नागरिकताबारे लफडा निकालेर पनि उनीहरूलाई स्वदेश फर्कनबाट रोक्न सक्ने तथ्य पनि उल्लेख गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस