बैतडीमा गठबन्धनका साझा उम्मेदवार बने ‘विजयसुन्दर’  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैतडीमा गठबन्धनका साझा उम्मेदवार बने ‘विजयसुन्दर’ 


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । गठबन्धनको प्रतिनिधि सभातर्फको सिट बाँडफाँड लगभग अन्तिम चरणमा छ । लामो समयदेखी सिट बाँडफाँडमा रस्साकस्सी चलेपनि अन्ततः गठबन्धनले सहमति जुटाउन सफल भएको हो । सोही अनुरूप बैतडी नेकपा माओवादी केन्द्रले हात पार्न सफल भएको छ । 

संघीय सांसदका लागि माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य एवं जिल्ला इन्चार्ज नरेन्द्र कुँवर (विजय सुन्दर)ले टिकट पाउने निश्चित जस्तै छ । उनी यस अघि नै निर्विरोध केन्द्रका लागी सिफारिस भएका थिए । इमान्दार र प्रस्ट वक्ताको छवि बनाएका कुँवर २०६४ सालको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । 

बैतडी माओवादीको  भागमा परेपनि काँग्रेसका नेताहरुले भने विरोध गरेका छन् । काँग्रेसले  सङ्घको टिकट पाउनु पर्ने माग उनीहरूको छ । 

प्रतिनिधि सभातर्फ १६ सिट रहेको सुदूरपश्चिममा काँग्रेस ९, माओवादी केन्द्र ४ र ३ सिट एकीकृत समाजवादीको भागमा परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस