रवीन्द्र मिश्र राप्रपा प्रवेशपछि पाण्डे समूहसँग विवेकशीलले थाल्यो छलफल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रवीन्द्र मिश्र राप्रपा प्रवेशपछि पाण्डे समूहसँग विवेकशीलले थाल्यो छलफल


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा गएपछि विवेकशील साझा पार्टीले पूर्वसहकर्मीहरुसँग एकताका लागि छलफल थालेको छ ।

मिश्रले राजसंस्थाको वकालत गर्दै सङ्घीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत सङ्ग्रह हुनुपर्ने मागसहितको ‘मार्ग परिवर्तन’ दस्ताबेज ल्याएपछि चर्किएको सङ्घर्षका बेला संयोजक मिलन पाण्डेको नेतृत्वमा एउटा समूह पार्टीबाट अलग भएको थियो ।

अब पार्टीमा कोही राजतन्त्रवादी बाँकी रहे उनीहरूलाई कारबाही गरिने एक नेता बताए ।

४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावलाई लक्षित गरेर विवेकशील साझा पार्टीलाई वृहत् वैकल्पिक शक्तिको केन्द्र बनाउन अन्य समूहहरूसँग पनि छलफल भइरहेको उनले बताए ।

राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेका मिश्र पक्षबाहेक अन्य नेताहरू आफूहरूसँगै रहेकाले पार्टीलाई उनको राप्रपा प्रवेशले असर नगर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस