रवि लामिछानेलाई डेंगु संक्रमण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रवि लामिछानेलाई डेंगु संक्रमण


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ । रविले आफ्नो फेसबुक पेजमा आफूलाई संक्रमण देखिएको जानकारी दिएका छन् ।

बिहीबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाईकन लक्षण देखिन थालेको थियो । आज परीक्षण गराउँदा डेंगु देखियो । डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर, तनहुँ, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरूमा सहभागी हुन नसकिने कुराको जानकारी गराउँदछु ।’

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस