७ लघुबीमा कम्पनीको लाइसेन्सका लागि ३१ आवेदन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

७ लघुबीमा कम्पनीको लाइसेन्सका लागि ३१ आवेदन


१३ आश्विन २०७९, बिहिबार


बीमा समिति

काठमाडौँ । लघुबीमा कम्पनीको लाइसेन्सका लागि ३१ वटा आवेदन परेका छन् । बिमा समितिले १० भदौमा ७ वटा लघुबीमा कम्पनीको लाइसेन्सका लागि आवेदन मागेको थियो ।

समितिले काठमाडौं उपत्यका बाहिर ७ वटा प्रदेशमा केन्द्रीय कार्यालय रहने गरी ३ जीवन र ४ निर्जीवन लघु बिमा कम्पनीको लाइसेन्सका लागि आवेदन आह्वान गरेको थियो ।

आवेदन दिने अन्तिम दिन १३ असोज अपराह्न १२ बजेसम्म ३१ वटा कम्पनीका लागि आवेदन परेको बिमा समितिले जनाएको छ । जसमध्ये १५ वटा लघु जीवन बिमा र १६ वटा लघु निर्जीवन बीमाका लागि आवेदन परेको समितिले जनाएको छ।

अधिकांश बैङ्क तथा वित्तीय संस्थाहरूको नेतृत्वमा नै लघुबीमाका लागि आवेदन परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस