काठमाडौँ । विवेकशील साझा पार्टी छाडेर पुरुषोत्तम ढुङ्गेल नेपाली काँग्रेस प्रवेश गरेका छन्। ढुङ्गेल आज काँग्रेसमा प्रवेश गरेका हुन्।
उनलाई काँग्रेस नेता प्रकाशमान सिंहले काँग्रेसमा प्रवेश गराएका हुन्। ढुङ्गेल २०७४ सालको चुनावमा काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (ख) बाट उम्मेदवार भएका थिए।