७० अङ्क ल्याए ‘ट्रायल पास’ हुने व्यवस्थापछि ट्रायल दिनेको संख्या बढ्यो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

७० अङ्क ल्याए ‘ट्रायल पास’ हुने व्यवस्थापछि ट्रायल दिनेको संख्या बढ्यो


१३ आश्विन २०७९, बिहिबार


सिरहा । यातायात व्यवस्था कार्यालय लाहान सिरहाले अब चालक अनुमति पत्र लिन मात्र ७० प्रतिशत ल्याएपछि ट्रायल पास हुने व्यवस्था गरिएको छ ।

मोटरसाइकल, स्कुटर, कार, जिपका चालक अनुमति पत्र लिने परीक्षार्थीले लिखतमा ६० प्रतिशत र ट्राइलमा ७० प्रतिशत ल्याएपछि पास हुने व्यवस्था गरिएको हो ।

गत शनिबार लहानको ट्रायल सेन्टरमा सवारी चालकको अनुमति पत्र प्राप्त गर्न ट्रायल परीक्षा दिने व्यक्तिहरूको लर्को थियो । ट्रायलमा कति फेल त कति पास भइरहेको थियो । तर, कार्यालयले ७० प्रतिशत ट्रायलको नयाँ परीक्षा प्रणाली लागू गरेपछि पहिलेको तुलनामा पासको हुनेको संख्यामा धेरै वृद्धि भएको यातायात व्यवस्था कार्यालय लाहान प्रमुख कुशेश्वर साहले बताए ।

७० प्रतिशत ट्रायलको नयाँ परीक्षा प्रणाली लागू गरेपछि चालक अनुमति पत्र लिनेहरूको संख्या ह्वातै बढेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस