दसैँ, तिहार तथा छठ बिदामा आयोगको कार्यालय खुला हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दसैँ, तिहार तथा छठ बिदामा आयोगको कार्यालय खुला हुने


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले दसैँ, तिहार तथा छठ बिदामा आयोगको कार्यालय खुला रहने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

आयोगको केन्द्रिय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू आगामी दसैँ, तिहार तथा छठ बिदाका दिनहरूमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् ।

‘आम नागरिकको मानवअधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमन समेत गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस