२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनाव लड्ने कि नलड्ने भन्ने विषयमा परामर्श गर्दै बाबुराम

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा परामर्श गर्न थालेका छन् ।

यसअघि गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराई आगामी मंसिर ४ गते प्रतिनिधि सभा चुनावमा आफू विश्राम लिएर युवालाई अघि सार्ने मुडमा पुगेका छन् ।

सत्ता गठबन्धनको सिट बाँडफाँटमा गोरखा–२ माओवादीको भागमा परिसकेकाले भट्टराईलाई चुनाव लड्न समस्या छैन । तर, उनले आगामी चुनावमा युवालाई अघि सारेर आफू वैचारिक क्षेत्रमा काम गर्ने बताउने गरेका छन् ।

‘बाबुराम सरको कुरा पूर्व प्रधानमन्त्री र ७० पुगेका वा नजिक भएका नेता चुनाव नलडौँ भन्ने हो । हामीले अभिभावकीय भूमिका निर्वाह गरौँ भनिराख्नु भएको छ’ भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले भने, ‘त्यसैले, आफू नलडेर युवालाई अघि सार्न खोज्नु भएको छ । आगामी चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा निर्णयमा पुगिसक्नु भएको छैन ।’

भट्टराईले आगामी चुनाव नलड्ने भन्ने विषयमा पार्टीभित्र छलफल चलाएका छन् । पार्टीका कतिपय नेताहरुले उनी आफ्नो छोरी मानुषी यामी भट्टराईलाई काठमाडौँबाट टिकट दिएमा गोरखा छोड्ने मनसायमा रहेको बताउँछन् । भट्टराई २०६४ सालदेखि निरन्तर गोरखाबाट चुनाव जित्दै आएका छन् ।