चुनाव लड्ने कि नलड्ने भन्ने विषयमा परामर्श गर्दै बाबुराम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चुनाव लड्ने कि नलड्ने भन्ने विषयमा परामर्श गर्दै बाबुराम


१३ आश्विन २०७९, बिहिबार


कर्मचारी

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा परामर्श गर्न थालेका छन् ।

यसअघि गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराई आगामी मंसिर ४ गते प्रतिनिधि सभा चुनावमा आफू विश्राम लिएर युवालाई अघि सार्ने मुडमा पुगेका छन् ।

सत्ता गठबन्धनको सिट बाँडफाँटमा गोरखा–२ माओवादीको भागमा परिसकेकाले भट्टराईलाई चुनाव लड्न समस्या छैन । तर, उनले आगामी चुनावमा युवालाई अघि सारेर आफू वैचारिक क्षेत्रमा काम गर्ने बताउने गरेका छन् ।

‘बाबुराम सरको कुरा पूर्व प्रधानमन्त्री र ७० पुगेका वा नजिक भएका नेता चुनाव नलडौँ भन्ने हो । हामीले अभिभावकीय भूमिका निर्वाह गरौँ भनिराख्नु भएको छ’ भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले भने, ‘त्यसैले, आफू नलडेर युवालाई अघि सार्न खोज्नु भएको छ । आगामी चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा निर्णयमा पुगिसक्नु भएको छैन ।’

भट्टराईले आगामी चुनाव नलड्ने भन्ने विषयमा पार्टीभित्र छलफल चलाएका छन् । पार्टीका कतिपय नेताहरुले उनी आफ्नो छोरी मानुषी यामी भट्टराईलाई काठमाडौँबाट टिकट दिएमा गोरखा छोड्ने मनसायमा रहेको बताउँछन् । भट्टराई २०६४ सालदेखि निरन्तर गोरखाबाट चुनाव जित्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस