‘पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न’ « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

‘पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न’


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सबै नेताहरू चुनावदेखि चुनावसम्म अल्झिएर बस्न नहुने बताएका छन् ।

ट्विट गर्दै डा. भट्टराईले भनेका छन्, ‘विश्व/नेपालका समाजवादी आन्दोलनका अनुभवबाट सिकेर अगाडि बढ्ने हो भने हामीले आउट अफ बक्स गएर सोच्ने/गर्ने आँट गर्नै पर्छ ।’

उनले चुनाव नलड्ने आफ्नो मनस्थितिबारे सल्लाह र सुझाव पनि मागेका छन् । ‘पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न’ उनले लेखेका छन्, ‘सबैबाट सल्लाह सुझावको अपेक्षा ।’

Tags :
प्रतिक्रिया दिनुहोस