अख्तियारद्वारा बागमती प्रदेश प्रमुख शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अख्तियारद्वारा बागमती प्रदेश प्रमुख शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस


१२ आश्विन २०७९, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । 

आयोगको हेटौँडा कार्यालयका प्रमुख नरहरि घिमिरेले बुधबार एक कार्यक्रमबीच नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको आर्थिक वर्ष २०७८/७९ को ३२औँ वार्षिक प्रतिवेदन पेस गरे ।

सो अवसरमा प्रदेश प्रमुख शर्माले आयोगको सक्रियताले न्यायमा आधारित समतामूलक, सुशासनयुक्त समाज र राज्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा आयोगको हेटौँडा कार्यालयका प्रमुख घिमिरेले आयोगले सम्पादन गरेको बागमती प्रदेशभित्रका विषयवस्तु समेटिएको वार्षिक प्रतिवेदनको सारसंक्षेप प्रस्तुति दिएका थिए ।  

यसैगरी आज सातै प्रदेशमा त्यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालयले प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेस गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस