सन् २०२५ मा साफ च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य   « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सन् २०२५ मा साफ च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य  


१२ आश्विन २०७९, बुधबार


काठमाडौँ  । अखिल नेपाल फुटबल सङ्घ  (एन्फा) ले सन् २०२५ मा महिला र पुरुष  टिमले साफ च्याम्पियनसिप जित्ने लक्ष्य राखेको छ । त्यस्तै सन् २०२७ मा एएफसी कपमा छनोट हुने लक्ष्य पनि राखेको छ ।

बुधबार बसेको एन्फाको विशेष साधारणसभाले ८ वर्षका लागि फुटबलको योजना र कार्यक्रम बनाएको महासचिव किरण राईले जानकारी दिए ।

एन्फाले महिला र पुरुषका ५००-५०० खेलाडीको ब्याक अपसहितको रणनीति बनाएर अगाडि बढ्ने पनि महासचिव राईले बताए ।

एन्फाको चालु आर्थिक वर्षका लागि ९५ करोड रुपैयाँको हुने भएको छ । विशेष साधारण सभाले ९४ करोड ८९ लाख रुपैयाँको आम्दानी र खर्च विवरण अनुमोदन गरेको हो ।

बजेटको स्रोतमा एन्फाले फिफाबाट ६१ करोड ५० लाख रुपैयाँ प्राप्त हुने, एएफसीबाट ८ करोड ८० लाख र बाँकी आन्तरिक आम्दानी हुने एन्फाले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस