रवीन्द्र मिश्रसँग मलाई दाँज्नु सक्खरलाई गोबर देखेजस्तै हो  : बाबुराम भट्टराई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रवीन्द्र मिश्रसँग मलाई दाँज्नु सक्खरलाई गोबर देखेजस्तै हो  : बाबुराम भट्टराई


१२ आश्विन २०७९, बुधबार


कर्मचारी

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। 

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषिप्रधान कालखण्डमा भगवानको परिकल्पना गर्नु स्वभाविक भए पनि अब मानिसको चेतनाअनुसार परिवर्तन गर्न सक्नुपर्ने बताएका हुन्। 

एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकूल संस्कृतिका कुरालाई परिवर्तन गर्न कुसंस्कारको रूपमा पछिसम्म स्थापित हुने बताए। उनले केही वर्ष यता नाम फेरिए पनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गरे। 

सामाजिक सञ्जालमा बाबुराम र रवीन्द्र मिश्र उस्तै रहेछन् भन्ने कुरा उठिरहेको उल्लेख गर्दै उनले पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गरे। राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु, गुड (सक्खर) र गोबर झैँ भएको उल्लेख गरे। 

उनले आफ्नो पार्टीको लक्ष्य समुन्नत र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने रहेको भन्दै आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिनिधि संसदमा पठाउने गरी तयारी गर्न पनि नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए। 

नेपाल जस्तो बहुजातीय, बहुभाषिक मुलुकमा संघीय संरचना जाती, भाषा अनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्नेमा त्यो नबन्नु अपूरो भएको बताए। नेपालको शासकीय प्रणाली खिचडीजस्तो भएको टिप्पणी गरे। 

आगामी निर्वाचनमा आफ्नो पार्टीको शक्तिहरू सङ्कलन गरी समाजवादी विकल्प निर्माण गर्ने लक्ष्य लिएको बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस