रवि लामिछानेको पार्टीबाट चुनाव लड्ने तयारीमा हिमेश पन्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रवि लामिछानेको पार्टीबाट चुनाव लड्ने तयारीमा हिमेश पन्त


१२ आश्विन २०७९, बुधबार


काठमाडौँ । कमेडी च्याम्पियन हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गरेको हो । उनको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्छ ।

पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका हुन् । मंसिर ४ गते संसदीय निर्वाचन हुँदैछ । टिभी रियालिटी सो कमेडी च्याम्पियनका विजेता समेत रहेका पन्त अभिनीत फिल्म वर एण्ड वधू प्रदर्शनको तयारीमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस