अञ्जनको ह्याट्रिकमा बंगलादेशविरुद्ध नेपालको सानदार जित « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

अञ्जनको ह्याट्रिकमा बंगलादेशविरुद्ध नेपालको सानदार जित


११ आश्विन २०७९, मंगलबार


काठमाडौँ । अञ्जन विष्टको ह्याट्रिकमा नेपालले बंगलादेशविरुद्ध जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपालले ३–१ को जित निकालेको हो ।

नेपालले १८ औँ मिनेटमा अञ्जन विष्टको गोलबाट अग्रता लिएको थियो । बङ्गलादेशका हेमन्त विनसेन्ट विश्वासले अञ्जनलाई फाउल गरेपछि नेपालले फ्रीकिक पाएको थियो । दायाँ कर्नर नजिकबाट विमल घर्तीमगरले हानेको फ्रीकिकमा अञ्जनले हेडमार्फत पोस्टको दिशा दिएका हुन् ।

२७ औँ मिनेटमा अञ्जनले नेपालको अग्रता दोब्बर बनाए । विमलको पासमा तेज तामाङले हानेको प्रहार बङ्गलादेशका गोलकिपर अनिसुर रहमानले पञ्च गरेर बचाएका थिए । रिबाउन्ड प्राप्त बललाई पेनाल्टी क्षेत्रमा अनमार्क रहेका अञ्जनले सहजै पोस्टको दिशा दिए । 

३८ औँ मिनेटमा अञ्जनले ह्याट्रिक पूरा गरे । तुतुल होसैन बादशाले विमललाई फाउल गरेपछि नेपालले फ्रीकिक पाएको थियो । विशाल राईको फ्रीकिकलाई अञ्जनले हेडमाफर्त पोस्टको दिशा दिएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस