बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल ३०० बेडमा स्तरोन्नति हुने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल ३०० बेडमा स्तरोन्नति हुने


११ आश्विन २०७९, मंगलबार


काठमाडौँ । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरोन्नति हुने भएको छ । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय सहमतिमा सञ्चालनमा रहेको अस्पतालमा २०० बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो । 

एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया (आम्दा) इन्टरनेसनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्न निर्णय गरेको हो । 

२०५३ सालमा बुटवल उपमहानगरपालिका ७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो । पचास शय्याबाट सुरु भएको अस्पतालमा हाल १०० शय्या सञ्चालनमा छन् । 

अस्पतालका अध्यक्षसमेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई ३०० बेडको बनाउने र विशिष्टीकृत सेवा प्रवाह गर्ने निर्णय गरेको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस