२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधारभूत स्वास्थ्य केन्द्रमा दरबन्दी संरचना सुधार गर्न माग

अ+ अ-

काठमाडौँ । हेल्थ असिस्टेन्ट सङ्घ नेपालले स्थानीय तहको आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न माग गरेको छ । मंगलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै हेल्थ असिस्टेन्ट सङ्घ नेपालले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो ।

२०७९ असोज ४ गतेको मन्त्रीस्तरीय निर्णयले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको सङ्घको भनाई छ । लोकसेवा आयोगमार्फत सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरूमाथि मानमर्दन तथा अत्याचार भएको भन्दै सो निर्णय सच्याउन माग गरिएको छ ।

मन्त्री खापुङलाई ज्ञापन पत्र बुझाउँदै हेल्थ असिस्टेन्ट सङ्घ नेपालका अध्यक्ष दाताराम अधिकारीले स्वास्थ्य केन्द्रको सङ्गठन संरचना अवैज्ञानिक र असमान तवरले बनाइएको बताए । उनले यसरी सङ्गठन संरचना बनाएर स्वास्थ्य नीति २०७६ को समेत खिल्ली उडाइएको बताए । उनले सो सङ्गठन संरचनात्मक दरबन्दी २४ घण्टाभित्र फिर्ता गरी सर्वपक्षीय छलफलबाट विद्यमान नीति, नियम र कानुनसम्मत हुनेगरी स्वास्थ्य प्रणाली सुधार गर्न माग गरे ।  

ज्ञापन पत्र बुझ्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले सङ्घको मागप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले यस विषयमा छलफल गर्ने र त्रुटि भएको ठाउँमा सच्याउने आश्वासन पनि दिए । हेल्थ असिस्टेन्ट सङ्घ नेपालले आफूहरूको माग सम्बोधन नभएमा चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ ।