ब्याजदर नियन्त्रण नगरिए सरकारलाई उद्योगको चाबी बुझाउँछौँ : श्रेष्ठ  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ब्याजदर नियन्त्रण नगरिए सरकारलाई उद्योगको चाबी बुझाउँछौँ : श्रेष्ठ 


११ आश्विन २०७९, मंगलबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले बैङ्कहरूले ब्याजदर बढाएर उद्योगी व्यवसायीमाथि ठगी गरेको आरोप लगाएका छन् ।

उद्योग वाणिज्य सङ्घ काठमाडौँको आयोजनामा बैङ्क तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले ब्याजदर नियन्त्रण नभए सरकार र राष्ट्र बैङ्कलाई उद्योगको चाबी बुझाउने बताए ।

तरलता सङ्कटलाई देखाएर पहिल्यै लिएको ऋणमा समेत अधिक ब्याज लिइएको भन्दै उनले बैङ्कहरूलाई उपभोक्ता संरक्षण ऐन अन्तर्गत कारबाही गर्नुपर्ने श्रेष्ठले बताए ।

बैङ्कहरू आफैँ ब्याज बढी दिने र आधार बढेको बहानामा कर्जाको ब्याजदर र कर्जामा मार्जिन दरसमेत वृद्धि गरिएको श्रेष्ठले बताए । बैङ्क ब्याजदर, एलसी, नगद मार्जिन जस्ता विषयमा नेपाल राष्ट्र बैङ्कको नीति फेल भएको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस