कामु प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कामु प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त


११ आश्विन २०७९, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की नियुक्त भएका छन् ।

६५ वर्षे उमेरहदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाने भएकोले उनलाई मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको हो । कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीले आजैदेखि सम्हाल्नेछन् ।

अवकाशप्राप्त कामु प्रधानन्यायाधीश दीपक कार्की असोज २५ गतेदेखि अनिवार्य अवकाशमा जादैछन्, त्यसअघि उनी तीर्थाटनका लागि आज भारत जादैछन् । कार्कीलाई भूपू प्रधानन्यायाधीशसरहको सेवा सुविधा दिने गरी नीतिगत निर्णय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग दर्ता भएसँगै कामु प्रधानन्यायाधीशको जिम्मेवारी दीपक कार्कीले पाएका थिए । अब हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्न भने लामो समय कुर्नुपर्ने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस