सांसद भएर जनताको काम गर्न सकिँदैन, अब चुनाव लड्दिनँ : गजेन्द्र महत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सांसद भएर जनताको काम गर्न सकिँदैन, अब चुनाव लड्दिनँ : गजेन्द्र महत


११ आश्विन २०७९, मंगलबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का पूर्वसांसद गजेन्द्र महतले अब आफू निर्वाचन नलड्ने घोषणा गरेका छन्।

माओवादी केन्द्रका जुम्ला इन्चार्ज महतले आफू यसपटकको निर्वाचनमा उम्मेदवार नबन्ने बताए।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जुम्ला माओवादीकै भागमा पर्छ या काँग्रेसलाई पर्छ भन्ने टुङ्गो लागिसकेको छैन। २०७४ को निर्वाचनमा यो क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादीका गजेन्द्र महत विजयी भएका थिए।

जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाहीले उम्मेदवारी घोषणा गरिसकेका छन्। उनले आफ्नो चुनावी घरदैलो समेत सुरु गरेका छन्।

सांसद भएर आफ्नै खर्च धान्न धौ-धौ भएकाले यसपटक उम्मेदवार नबन्ने उनले बताए।

चुनावमा हुने खर्च धान्न समेत कठिन हुने उनको तर्क छ।

Tags :
प्रतिक्रिया दिनुहोस