विश्व पर्यटन दिवस-बुटवलमा आरती प्रज्वलन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विश्व पर्यटन दिवस-बुटवलमा आरती प्रज्वलन


१० आश्विन २०७९, सोमबार


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले असोज ११ (२७ सेप्टेम्बर) गते परेको ४२ औँ विश्व पर्यटन दिवस भव्य रूपमा मनाउने तयारी स्वरूप सोमबार बेलुका बुटवलको तिनाउ नदी परिसरमा दीप प्रज्वलन (आरती) गरेको छ । प्रदेश सरकारको ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रालय अन्तरगत गठित पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम तय गरेको हो ।

यसै अन्तरगत एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाटा) लुम्बिनीको संयोजनमा सोमबार बेलुका आरती प्रज्वलन गरिएको हो । आरती प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पर्यटन विकासका लागि लुम्बिनी प्रदेश सरकारले चालेको हरेक कदममा आफूले सहयोग गर्न सदैव तयार रहेको बताए । नाटा लुम्बिनीका अध्यक्ष रचना पन्तका अनुसार पर्यटन क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिहरू आरती प्रज्वलन कार्यक्रममा सहभागी थिए । 

दिवसको अवसरमा मंगलबार बिहान रुपन्देहीको भैरहवास्थित बेलहियामा दिवसको मूल कार्यक्रम गरिने छ । उक्त कार्यक्रममा भारतबाट बेलहिया नाका हुँदै नेपाल भित्रिने पहिला दुई र अन्य विदेशी दुई पर्यटकलाई भव्य रूपमा स्वागत र सम्मान गरिने मूल समारोह समितिका संयोजक सिपी श्रेष्ठले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस