मनास्लु हिमपहिरोका दुई घाइतेलाई काठमाडौँ ल्याइयो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मनास्लु हिमपहिरोका दुई घाइतेलाई काठमाडौँ ल्याइयो


१० आश्विन २०७९, सोमबार


काठमाडौँ । मनास्लु हिमाल आरोहणका क्रममा सोमबार बिहान १२ बजे तेस्रो र चौथो शिविरमा जाने मार्गमा गएको हिमपहिरोमा परेका दुई घाइतेको कैलाश हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँ ल्याइएको छ । 

कैलाशका प्रबन्धक निर्देशक प्रतापजंग पाण्डेले गोरखाको सामागाउँबाट कैलाशको हेलिकप्टरले दुई जना घाइतेलाई काठमाडौँ बुढानीलकण्ठमा रहेको करुणा अस्पताल ल्याएको बताए ।

ती दुई घाइतेलाई सिम्रिक एयरको हेलिकप्टरले मनास्लु हिमालको ६ हजार ८ सय मिटर उचाइमा रहेको तेस्रो शिविरबाट उद्धार गरेर सामागाउँ झारेको थियो । त्यहाँबाट कैलाशको हेलिकप्टरमा काठमाडौं पठाइएको हो । करुणा अस्पतालले दुई जना घाइतेहरू डेन्जी शेर्पा र जीतबहादुर तामाङ रहेको बताएको छ । दुवैको इमरजेन्सी वार्डमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस