खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने निर्णय पुनर्विचार गर्न आग्रह « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने निर्णय पुनर्विचार गर्न आग्रह


१० आश्विन २०७९, सोमबार


काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने निर्णयमा पुनर्विचार गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। निर्वाचन आयोगलाई पत्र लेख्दै महासङ्घले निर्णयमा पुनर्विचार गरी खर्चको विवरण पेस गर्न थप ३० वा १५ दिनको समयावधि उपलब्ध गराउन आग्रह गरेको हो।

आयोगले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाही स्वरूप जरिवाना तिराउने निर्णय गरेको थियो। आयोगको निर्णय प्रशंसनीय भए पनि समावेशी अभ्यासबाट भर्खरै राजनीतिको मूलधारमा आउन लागेका सीमान्तकृत नागरिकलाई आतङ्कित बनाएको महासङ्घको ठम्याइ छ।

‘स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनेहरूको आर्थिक अवस्था, राजनीतिक चेतना, शैक्षिक परिवेशका कारण यस प्रकारको कानुन पूर्णरुपमा कार्यान्वयन हुन व्यवहारिक रूपले कठिन देखिन्छ। जसले चुनावमा हजार रुपैयाँ पनि खर्च गरेका छैनन्, उनीहरूलाई सिधै डेढ लाख जरिवाना गर्ने र नतिरे कालोसूचीमा राख्ने आयोगको निर्णयले समावेशी अभ्यासबाट भर्खरै राजनीतिको मूलधारमा आउन लागेका सीमान्तकृत नागरिकलाई आतङ्कित बनाएको छ,’ पत्रमा भनिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस