मनास्लुको हिमपहिरोमा फसेकाहरूको उद्धारमा समस्या « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मनास्लुको हिमपहिरोमा फसेकाहरूको उद्धारमा समस्या


१० आश्विन २०७९, सोमबार


काठमाडौँ । मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा फसेका व्यक्तिको उद्धारमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालका अनुसार अहिलेसम्म उनीहरूको खोजी कार्य हुन सकेको छैन ।

बिहान ८ बजेतिर गएको हिमपहिरोमा परी केही आरोहण दलका सहयोगी र भरिया फसेको खबर आएको तर मौसम प्रतिकुल भएकाले उद्धार गर्न कठिन भएको उनले बताए ।

हिमपहिरोमा परेकाहरू सामान्य घाइते रहेको जानकारी आएको र उद्धारको प्रयास भइरहेको उनले बताए ।

घटना भए लगत्तै सामागाउँ प्रहरी चौकीबाट प्रहरी आधार शिविरतर्फ गएका छन् । तर आधार शिविर बस्तीदेखि टाढा रहेको र खराब मौसमका कारण सञ्चार सम्पर्क स्थापित हुन नसकेको प्रहरीले जनाएको छ ।

मनास्लु हिमालको तेस्रो र चौथो आधार शिविरको बीचमा हिमपहिरो गएको हो । पहिलो र दोस्रो आधार शिविरमा रहेका शेर्पा र आरोहण दलका सहयोगीले उद्धारको प्रयास गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस