गृहमन्त्री खाँणले भैरहवामा खोले चुनावी सम्पर्क कार्यालय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गृहमन्त्री खाँणले भैरहवामा खोले चुनावी सम्पर्क कार्यालय


१० आश्विन २०७९, सोमबार


काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको बताएका छन् ।

रुपन्देहीको भैरहवामा आफ्नो निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेकामा रोष प्रकट गरे ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले अहिलेको राजनीतिक व्यवस्था र संविधान विपरीत काम गरेको खाँणले टिप्पणी गरे ।

अहिलेको सत्ता गठबन्धनलाई नेपाली काँग्रेसले बचाएन भने नेपालको संविधान, लोकतन्त्र, जनताको अधिकारमाथि प्रहार हुने तर्क गर्दै खाँणले काँग्रेसमा उम्मेदवार बन्नेको संख्या धेरै देखिनुले काँग्रेस सङ्कटमा छैन भन्ने पुष्टि भएको तर्क गरे ।

राज्य कोष बचत गर्न सरकारले एकै चरणमा चुनाव गर्न लागेको भन्दै उनले चुनाव निष्पक्ष र धाँधलीरहित हुने दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस