जनकपुरधाम । नेकपा एमालेका सल्लाहकार समिति सदस्य राजाराम यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
नेकपा एमाले कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत चल्न थालेको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् ।
उनी २०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय थिए । एमालेले धनुषा क्षेत्र नं.२ बाट प्रतिनिधि सभाका लागि लोसपा प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव रुष्ट छन् ।
उनी जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्ने तयारीमा रहेको उनी निकट स्रोतले बतायो । स्रोतका अनुसार जसपाले धनुषा क्षेत्र नं.२ बाट यादवलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ ।