हनुमानढोकाको दसैँ घरमा राखियो जमरा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

हनुमानढोकाको दसैँ घरमा राखियो जमरा


१० आश्विन २०७९, सोमबार


काठमाडौँ । काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा एक विशेष समारोहका बीच सोमबार जमरा राखिएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । सोही परम्पराअनुसार हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजै वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु गरिएको हो ।

सोमबार समितिले दिएको साइतमा विधिपूर्वक घटस्थापना गरिएको हो । ​दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।

विसं २०७७ को महानवमीका दिन कोरोना महामारीका कारण महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगाको बलि दिइएन ।

हनुमानढोकाको दसैँ घरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मङ्गल धुन पनि गाइन्छ । यो क्रम विजयादशमीका दिनसम्म जारी रहन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस