शेखर पक्षको बैठक जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शेखर पक्षको बैठक जारी


१० आश्विन २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस शेखर पक्षले खबरदारीका भाबी कार्यक्रम गर्न बैठक बसिरहेको छ ।

पार्टी भित्र समान न्याय र अवसरको माग गर्दै संस्थापन पक्षको विरोधमा उत्रिएको शेखर पक्षका दोस्रो तहका नेताहरुको बैठक ठमेलस्थित एक होटलमा बसिरहेको छ ।

बैठकमा केन्दीय सदस्यहरु प्रतीमा गौतम, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही उपस्थित छन् ।

बैठकमा खबरदारीको अगुवाई गरिरहेका नेता गुरुराज घिमिरे, नुवाकोटमा पूर्व जिल्ला सभापति जगदिशश्वर नरसिंह केसी सहित भुपेन्द्र जंगशाही लगायत सहभागी छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार अनशन, धर्ना र निर्वाचन बहिष्कारसम्मका वैकल्पिक संघर्षको योजना बनाउने विषयमा छलफल भइरहेको छ ।

शेखर पक्षलाई प्रत्यक्ष तथा समानुपातिकमा ४० प्रतिशत उम्मेदवार नदिए विद्रोह गर्ने चेतावनी दिएको छ ।

पार्टी भित्र एकलौटी गरिए गठबन्धनका उम्मेदवारको पक्षमा मतदान नगर्ने बैठक चेतावनी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस