२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सभातर्फ सत्ता गठबन्धनमा कुन दलकाे कति सिट दाबी ?

अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनले प्रतिनिधि सभातर्फ सिट बाँडफाँट लगभग सहमति जुटाएर प्रदेश सभातर्फ सिट बाँडफाँटका लागि छलफल अघि बढाएको छ।

आज बिहान ११ बजे नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा बस्दैछ। यो बैठकमा कुन दलले कति सिट लिने भन्नेबारे छलफल हुनेछ।

सत्ता गठबन्धनले आइतबारदेखि प्रदेश सभा क्षेत्रको सिट बाँडफाँटबारे कुराकानी थालेका थिए। आइतबार दिनभरजसो छलफल गरे पनि सहमतिको खाका प्रस्तुत हुन सकेन।

दलहरूले गत स्थानीय चुनावमा वडा तहमा पार्टीले ल्याएका भोटलगायत प्रस्तुत गर्दै आफ्ना तर्फबाट सिट दाबी गरेका थिए।

कार्यदलका एक सदस्यले सेतोपाटीलाई दिएको जानकारीअनुसार नेपाली कांग्रेसले १८० प्रदेश सभा क्षेत्र आफूलाई दिनुपर्ने बताएको छ।

यस्तै नेकपा माओवादी केन्द्रले १००, नेकपा एकीकृत समाजवादीले ७०, जसपाले ५० र राष्ट्रिय जनमोर्चाले ७ सिटमा दाबी गरेका छन्।

प्रदेश सभामा प्रत्यक्षतर्फ ३३० क्षेत्र छ तर दलहरूबाट आएको दाबी ४०७ क्षेत्रका लागि छ। यो संख्यामा दलहरू घटेर सहमतिमा पुग्ने ती कार्यदल सदस्य बताउँछन्।

‘प्रतिनिधि सभा सिट बाँडफाँटमा जस्तै प्रदेश सभातर्फ पनि दलहरूले सुरूमा धेरै सिट दाबी गरेका छन्। मसिनो गरी छलफल गरेपछि सिट बाँडफाँट टुंगिन्छ,’ ती कार्यदल सदस्यले भने, ‘स्थानीय चुनावमा वडाध्यक्षहरूले ल्याएको मत, २०७४ को चुनावमा प्रदेश सभामा दलका उपस्थिति र ल्याएका मतलगायत विश्लेषण गर्दै निर्णयमा पुगिन्छ।’

दसैँको फूलपातीअघि नै प्रतिनिधि सभा र प्रदेश सभातर्फ सिट बाँडफाँट गरिसक्ने गरी छलफल अगाडि बढाइएको ती नेता बताउँछन्। प्रतिनिधि सभातर्फ मधेशका केही जिल्ला, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, धनकुटा, धादिङ, तनहुँ, नवलपुरलगायत केही क्षेत्रमा विवाद छ।

प्रदेश सभा क्षेत्रको सिट बाँडफाँट मिलाउँदा प्रतिनिधि सभा क्षेत्र पनि मिल्न सक्ने भएकोले प्रदेश सभा क्षेत्रको सिट बाँडफाँटलाई अघि बढाइएको ती नेता बताउँछन्।

‘भोट टान्सफर होस् भनेर प्रतिनिधि सभा र प्रदेश सभामा फरक(फरक दललाई टिकट दिने गरी तयारी हुँदैछ,’ ती नेताले भने, ‘जसरी पनि सत्ता गठबन्धनले जित्नुपर्छ भनेर संघ र प्रदेशमा फरक(फरक पार्टीले लिने गरी छलफल गरिएका छन्।’

गत साउन २० मा पाँच दलीय सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेका थिए। त्यसयता दिनहुँजसो छलफल भए पनि प्रतिनिधि सभा र प्रदेश सभामा कुन दलले कति सिट लिने टुंगिएको छैन।

‘एकै क्षेत्रमा तीन दलसम्मले दाबी गर्दा सहमति जुट्न सकिरहेको छैन,’ ती नेता भन्छन्। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ।

प्रतिक्रिया दिनुहोस