सापकोटाले अध्यक्षता गरेको बैठकका निर्णय कार्यान्वयन नगर्न तिमिल्सिनाको निर्देशन  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सापकोटाले अध्यक्षता गरेको बैठकका निर्णय कार्यान्वयन नगर्न तिमिल्सिनाको निर्देशन 


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद् व्यवस्थापन समितिको असोज ५ को बैठकले गरेका निर्णय कार्यान्वयन नगराउन संघीय संसद्का महासचिव भरतराज गौतमलाई पत्र लेखेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको कार्यविधि सकिएको र उनको अध्यक्षतामा अवैधानिक बैठक बसी निर्णय भएको भन्दै अध्यक्ष तिमिल्सिनाले महासचिव गौतमलाई पत्र लेखेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले आइतबार महासचिव गौतमलाई पत्र लेखेको राष्ट्रिय सभाका एक अधिकारीले जानकारी दिए । अध्यक्ष तिमिल्सिनाले महासचिवलाई लेखेको पत्रमा संघीय संसद् व्यवस्थापन समितिको असोज ५ का निर्णय कार्यान्वयन गर्न उपयुक्त नदेखिएको उल्लेख छ ।

प्रतिनिधिसभाको कार्यकाल उम्मेदवारी दर्ता हुने दिनसम्म रहने व्याख्या गर्दै तिमिल्सिनाले महासचिवलाई पत्र लेखेको बताइएको छ । समानुपातिकको लागि नयाँ बन्दसूची निर्वाचन आयोगमा दर्ता भइसकेको अवस्थामा प्रतिनिधिसभा सभामुख र उपसभामुखको कार्यकाल सकिएको हो कि होइन भनेर उनले आयोगलाई पनि पत्र पठाएर जवाफ मागेका थिए ।’संविधान, प्रचलित कानुन र अभ्यासअनुरूप पदावधि’ मान्नुपर्ने र त्यस आधारमा सभामुख र उपसभामुखको कार्यकाल सकिएको अध्यक्ष तिमिल्सिनाले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस