यो निर्वाचन जनविरोधी तत्त्व पराजित गर्ने अवसर हो : ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यो निर्वाचन जनविरोधी तत्त्व पराजित गर्ने अवसर हो : ओली


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी मंसिर ४ गते हुने आमनिर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। 

आगामी निर्वाचनले लोकतन्त्र बचाउने र जनविरोधी तत्त्वलाई पराजित गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै उनले निर्वाचनमा गम्भीर भएर देशको विकास र समृद्धिमा काम गर्न सक्ने, सक्षम नेतृत्व चुन्नुपर्ने खाँचो रहेको औँल्याए। 

आज झापाको दमकमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आगामी निर्वाचनबाट जनविरोधी तत्त्व पराजित भए मात्र देशले समृद्धिको गति लिने भन्दै अब जनताले देश विकास र समृद्धिका लागि एमालेलाई जिताउने दाबी गरे। 

Tags :
प्रतिक्रिया दिनुहोस