कैलालीमा बाढी, २५ जनाभन्दा बढी फसे « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कैलालीमा बाढी, २५ जनाभन्दा बढी फसे


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । अविरल वर्षापछि कैलालीको मोहना र खुटिया नदीमा बाढी आउँदा २५ जनाभन्दा बढी फसेका छन् । धनगढी उपमहानगरपालिका-१८, नुक्लीपुरस्थित मोहना र खुटिया नदीको दोभानमा आइतबार साँझ करिब ६ बजे अचानक बाढी आउँदा उनीहरू फसेका हुन् ।

धनगढी उपमहानगरपालिका १८ का वडाध्यक्ष भुवन रिजालका अनुसार फूलबारी डिपो बजारभन्दा २ किलोमिटर पश्चिममा पर्ने सो दोभान क्षेत्रमा फसेका उनीहरूलाई उद्धारको प्रयास भइरहेको छ । रात परेका कारण उद्धारमा कठिनाइ भइरहेको उनले बताए ।

पहिलो लटमा १५ जनाको उद्धार गरेको र आवाजको भरमा उद्धारको प्रयास भइरहेको उनको भनाइ छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भएको उनले जानकारी दिए । नदी पारी गाईबस्तु चराउन गएका तथा भारत गएकाहरू फर्किने क्रममा नदीमा फसेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस