डुङ्गा पल्टिँदा २३ जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डुङ्गा पल्टिँदा २३ जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी 


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । बङ्गलादेशमा डुङ्गा पल्टिँदा कम्तीमा २३ जनाको ज्यान गएको छ । डुङ्गा पल्टिँदा अरू कैयौँ हराइरहेका बङ्गलादेशका अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । 

राजधानी ढाकाबाट चार सय ६८ किलोमिटर टाढा रहेको पञ्चगढ जिल्लाको करातोया नदीमा दिउँसो डुङ्गा पल्टिएको हो । महिला र बालबालिकासमेत गरी २३ जनाको शव निकालिएको र खोजी कार्य भइरहेको पञ्चगढको बोडा प्रहरी चौकीका अधिकारी सुजोय कुमार रोयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस