विदेशी मुद्राको अपचलन गर्ने आनन्द प्रसाद कलवरविरुद्ध मुद्दा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विदेशी मुद्राको अपचलन गर्ने आनन्द प्रसाद कलवरविरुद्ध मुद्दा


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । राजश्व अनुसन्धान विभागले विदेशी मुद्राको अपचलन गर्नेविरुद्ध ४३ हजार रुपैयाँ बिगोदाबीसहित मुद्दा दायर गरेको छ । विभागले नवलपरासी सरावल गाउँपालिकाका आनन्द प्रसाद कलवरविरुद्ध मुद्दा दायर गरेको हो ।

कलवरले विदेशी विनिमयको अपचलन गरेको भन्दै धादिङ सिम्ले अस्थायी प्रहरी चौकीले पत्र पठाएको थियो । सोही पत्रअनुसार, कलवारलाई पक्राउ गरेर कारबाहीका लागि असार १४ गते विभागमा पेस गरिएको थियो । 

विभागले कलवारको साथबाट भेटिएको विदेशी मुद्राको सटहीदरअनुसार ६ ला ३५ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा ओसारप्रसार गरेको पाइएको   जनाएको छ । उक्त रकम बराबरको विदेशी मुद्रा जफत गरेर बिगोदाबी समेत माग गर्दै मुद्दा दायर गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस