वैदेशिक व्यापार : आयात र निर्यात दुवै घट्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वैदेशिक व्यापार : आयात र निर्यात दुवै घट्यो


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को २ महिनामा नेपालको आयात र निर्यात दुवै सूचक घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ महिनासम्ममा नेपालको आयात १३ प्रतिशत र निर्यात ३४ प्रतिशतले घटेको हो ।

यस अवधिमा नेपालमा २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँको आयात भएको छ । जुन, गत वर्षको तुलनामा १३ प्रतिशतले न्यून हो । गत वर्ष ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँको आयात भएको थियो । 

यसैगरी, चालू वर्षको भदौ महिनामा नेपालबाट २८ अर्ब ६८ करोड रुपैयाँको निर्यात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३४.८८ प्रतिशतले घटेको छ । गत वर्षको भदौ महिनासम्ममा ४४ अर्ब ३ करोड रुपैयाँको निर्यात भएको थियो ।

नेपालको आयात र निर्यात दुवै सूचक घटेपछि कूल वैदेशिक  व्यापार समेत घटेको छ । विभागका अनुसार यस अवधिमा नेपालको वैदेशिक व्यापार १५।७० प्रतिशतले घटेको छ । गतवर्ष ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँको वैदेशिक व्यापार भएकोमा यसवर्ष ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँको व्यापार भएको छ ।

यस अवधिमा नेपालले विश्वका ११६ देशसँग वैदेशिक व्यापार गरेको छ । यस अवधिमा नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न लगायतको वस्तु आयात भएको छ । यस्तै, नेपालबाट खानेतेल, उनी फेल्ट, चिया तथा कफी लगायतका वस्तु सबैभन्दा धेरै निर्यात भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस