जुवातास खेलिरहेको अवस्थामा ३५ जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जुवातास खेलिरहेको अवस्थामा ३५ जना पक्राउ


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानी बस्ने २८ वर्षीय राम हरि भण्डारीको टहराभित्र जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५६ हजार १ सय रुपैयाँ, १ बुक तास र १३ थान मोबाइल सहित पक्राउ गरेको हो ।  काठमाडौँकै बुढानीलकण्ठ नगरपालिका-११ कपन प्रगति चोक बस्ने लब्जी बहादुर कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८२ हजार ३ सय ५ रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।  काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-११ कपन गुरुङटोल बस्ने गोमे गुरुङको टहरामा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय २५ रुपैयाँ र ३  बुक तास सहित पक्राउ गरेको हो ।  भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने बलराम थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ८ सय ८० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  कास्कीको पोखरा महानगरपालिका-१० बुद्धचोक बस्ने कुमार कार्कीको युएण्डमी रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १५ हजार २ सय ५० रुपैयाँ, १ थान सिसिटिभी क्यामेराको हार्डडिक्स, १ थान मनिटर र ४ बुक तास सहित पक्राउ गरेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस